१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आईपीएल २०२० : चेन्नइमाथि हैदराबादको रोमाञ्चक जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत चेन्नइ सुपर किङ्स र सनराइजर्स हैदराबादबीचको रोमाञ्चक खेलमा हैदराबाद विजयी भएको छ । चेन्नइलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

१ सय ६५ रनको लक्ष्य पच्छाएको चेन्नइले निर्धारित २० ओभरमा रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको चेन्नइका ओपनर सेन वाट्सन भुवनेश्वर कुमारको पहिलो स्पेलको दोस्रो ओभरको तेस्रो बलमा बोल्ड भए । उनले ६ बलमा मात्र एक रन बनाएका थिए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका आम्बाती रायुडुले फाफ डु प्लेसिससँग मिलेर टोलीको स्कोर २६ रनसम्म पुर्याए । रायुडु पनि टी नटराजनको बलमा आउट भए । उनले आउट हुनअघि ८ रन बनाएका थिए । छैटौं ओभरको अन्त्यमा एक रन लिने क्रममा प्लेसिस २२ रनमा रन आउट हुन पुगे ।

पाँचौं विकेटका लागि महेन्द्र सिंह धोनीसँग ७२ रनको साझेदारी गरेका रविन्द्र जडेजाले अर्धशतक पुरा गर्ने बित्तिकै टी नटराजनको बलमा स्क्वार लेगमा अब्दुल सामदको हातबाट क्याच आउट भए । आइपिएलमा सर्वश्रेष्ठ पारी खेलेका जडेजाले ३५ बलमा २ छक्का र ५ चौकाको सहयोगमा ५० रन जोडे ।

अन्तिम ओभरमा चेन्नइलाई जितका लागि २८ रन आवश्यक रहेकामा पहिलो बलमा अब्दुल सामदले वाइड फालेका थिए भने दोस्रो बलमा धोनीले दुई रन लिए ।

यस्तै, तेस्रो बलमा चौका प्रहार गर्दा चौथो र पाँचौ बलमा धोनी र साम कुरानले एक एक रन लिए । यस्तै अन्तिम बलमा छक्का प्रहार गरेपनि ७ रनले पराजित हुन पुग्यो । धोनी ४७ र कुरान १५ बलमा नटआउट रहे ।

हैदराबादका टी नटराजनले दुई तथा भुवनेश्वर कुमार र अब्दुल सामदले समान १-१ विकेट लिए । यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा १ सय ६५ रन बनाएको थियो ।

पहिलो ओभरमा इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोनी बेइस्ट्रो शून्य रनमा आउट भएका थिए । हैदराबादको इनिङ्स उकास्नका लागि प्रियम ग्रागले नटआउट ५१ रनको अर्धशतकीय पारी खेले । उनले २६ बलमा १ छक्का र ६ चौकाको मद्धतमा ५१ रन बनाए ।

यस्तै, अभिषेक शर्माले ३१, मनिष पण्डेले २९ तथा कप्तान डेविड वार्नरले २८ रनको योगदान दिए । चेन्नइका दीपक चाहरले दुई तथा शार्दूल ठाकुर र पियुस चावलाले समान एक-एक विकेट लिए ।

जितसँगै हैदराबाद ४ खेलबाट चार अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । चार खेलमा तीन खेलमा पराजित भएको चेन्नइ भने पुछारमा रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : ५९ बजे

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै