१२ चैत्र २०८१, मंगलबार | March 26, 2025

आजको मौसम : देशभर सामान्यदेखि आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं । बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

हाल देशका प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ का केही स्थानहरुमा हल्का बर्षा भएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रहनेछ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी अज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ र प्रदेश २ का केही स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ०१ बजे

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको

डाँफे कप फुटबल : परिवर्तनशिल युवा क्लब विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत