१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता



नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा क्यान्सर अस्पताल) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल(भरतपुर क्यान्सर अस्पताल) बीच संस्थागत सहकार्य गर्ने सम्झौता भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामलिाई क्यान्सर उपचार सेवा दिँदै आएको खजुरा क्यान्सर अस्पतालको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले दुई क्यान्सर अस्पतालबीच अंकोलोजी सेवासहित संस्थागत सहकार्यको सम्झौता भएको हो ।

बिहिबार भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराई र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नि. कार्यकारी निर्देशक डा. उमेश नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार भरतपुर क्यान्सर अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रत्येक महिना दुई दिन विषयगत मेडिकल अंकोलोजिस्ट उपलब्ध गराउनेछ। यसबाट पश्चिम नेपालका क्यान्सर बिरामीले विशेषज्ञ चिकित्सकीय सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

विशेषज्ञ चिकित्सकले ओपीडी परामर्श, उपचार योजना निर्माण, किमोथेरापीको सुपरिवेक्षण, वार्ड राउन्ड, जटिल बिरामीको समीक्षा तथा आवश्यक विशेषज्ञ राय प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौता अनुसार आवश्यकता अनुसार हेमाटो–अंकोलोजीलगायत सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन तथा समन्वयसमेत गरिनेछ।

सम्झौताले विशेषज्ञ चिकित्सकीय सेवाका अतिरिक्त दुई अस्पतालबीच दीर्घकालीन प्राविधिक, शैक्षिक तथा संस्थागत सहकार्यलाई समेत प्राथमिकता दिइएको खजुरा क्यान्सर अस्पतालका प्रमुख डा. भट्टराईले बताए। संयुक्त ट्युमर बोर्ड, टेलि–अंकोलोजी परामर्श, क्लिनिकल अनुसन्धान तथा नर्सिङ, प्राविधिक र प्यारामेडिकल जनशक्तिका लागि संयुक्त तालिम सञ्चालन गर्न सकिने सम्झौतामा व्यवस्था गरिएको छ।

सम्झौताअनुसार खजुरा क्यान्सर अस्पतालले विशेषज्ञ चिकित्सकका लागि आवश्यक ओपीडी कक्ष, क्लिनिकल पूर्वाधार, उपलब्ध मेडिकल उपकरण तथा सहयोगी जनशक्ति उपलब्ध गराउनेछ।

सम्झौतामा जटिल वा थप विशिष्ट उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सकीय आवश्यकता र बिरामीको हितअनुसार उपयुक्त विशेषज्ञ केन्द्रमा रेफर गर्न सकिने व्यवस्था पनि गरिएको छ।

दुई विशिष्टीकृत क्यान्सर अस्पतालबीच भएको यो सहकार्यले पश्चिम नेपालका क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्राप्त गर्न सहज बनाउने तथा क्यान्सर उपचारमा आवश्यक विशेषज्ञ जनशक्ति र ज्ञानको आदान–प्रदानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  १० : ४० बजे

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले आज

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण