४ आश्विन २०८३, आइतबार | September 20, 2026

धनगढी प्रिमियर लिग पूर्व निर्धारित मितिमा नहुने



धनगढी । कोभिड—१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ ।

एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतियोगिता शुरु भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टिम सहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा शुरुआत भएको थियो ।

विभिन्न शहरको नाममा फ्रेन्चाइजी टोली बनाई ती टोलीले खेलाडीहरुको अक्शन (बोलकवोल) गर्दै आ–आफ्नो टिममा खेलाडी भित्र्याउने व्यवसायिक काम समेत शुरुआत समेत भएको थियो ।

विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : १९ बजे

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००