४ आश्विन २०८३, आइतबार | September 20, 2026

आईपीएल २०२० : बेङ्गलोरलाइ ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लियो



काठमाण्डौ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ ।

राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोरले भने ५ खेलमा ६ अंक जोडेको छ । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

बेङ्गलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए । बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे।

नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम् डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट झारे ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ३५ बजे

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००