३० माघ २०८१, बुधबार | February 12, 2025

आईपीएल २०२० : चेन्नइलाई १० रनले पराजित गर्दै कोलकात्ता तेस्रो स्थानमा



एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ ।
चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।

१ सय ६८ रनको लक्ष्य पच्छाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नइका सेन वाट्सनले ५०, आम्बाती रायुडुले ३०, रविन्द्र जडेजाले २१ तथा फाफ डु प्लेसिस र साम कुरानले समान १७ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । कोलकात्ताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान गरे ।

५१ बलको सामना गरेका त्रिपाठीले ३ छक्का र ८ चौकाको मद्धतमा ८१ रन बनाए । यस्तै, प्याट कमिन्सले नटआउट १७ रन बनाए । यसैगरी, सुनिल नारायनले १७, दिनेश कार्तिकले १२, सुभमन गिलले ११ रनको पारी खेले ।

चेन्नइका ड्वेन ब्राबोले ३ तथा साम कुरना, कर्ण शर्मा, शार्दूल ठाकुरले समान दुई/दुई विकेट लिए ।

पाँच खेलबाट ६ अंक जोड्दै कोलकात्ता तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नइ पाँचौं स्थानमा यथावत रहेको छ । अंक तालिकाको शीर्ष स्थानमा मुम्बइ इन्डियन्स रहेको छ ।

यस्तै, दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । तालिको पुछारमा पाँच खेलबाट २ अंक मात्र जोडेको किङ्स इलावेन पञ्जाव रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : ३२ बजे

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको

‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान

काठमाडौं । गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङस्थित ‘नो केबलकार’ आन्दोलनरत्

अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य

सत्ताको दुरुपयोग : माधव नेपाल र बेदुराम भुसालसंगको फोटो देखाएर लाखौंको ठगी

नेपालगन्ज । आफु सदस्य रहेको पार्टी सत्तामा रहेको मौकाको दुरुपयोग

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायी