१ पुस २०८२, मंगलबार | December 16, 2025

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्क घटाउन माग



सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्र्तगत मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसमा अध्ययनरत पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीले मासिक शुल्क घटाउन माग गरेका छन् ।

स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तत्काल मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनका साथै विश्वविद्यालय पदाधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

एमयूले पत्रकारितामा पहिलो सेमेस्टरको मासिक शुल्क रु चार हजार ५०० तोकेको छ । केन्द्रीय क्याम्पसका अन्य विभाग र विषयको तुलनामा पत्रकारिताको शुल्क अत्यधिक भएको विद्यार्थीको गुनासो छ । मासिक शुल्क घटाएर बढीमा रु.दुई हजार कायम गर्नुपर्ने उनीहरुको माग छ ।

कोरोना भाइरस महामारीका कारण आम दैनिकी सहज नभइरहेका बेला समेत क्याम्पसले मासिक शुल्कमा ताकेता गरेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका संयोजक युवराज शर्माले डिन कार्यालयले नै मासिक शुल्कबारे टुङ्गो लगाउने बताए । विद्यार्थीले मासिक शुल्क निर्धारण हेरफेर गर्न उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय र क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । रासस

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज