१९ माघ २०८२, सोमबार | February 3, 2026

कोभिड १९ पछिको शिक्षाबारे सार्क देशका शिक्षामन्त्रीहरुबीच छलफल



काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीबीच कोरोना पछिको शैक्षिक अवस्थाबारे छलफल भएको छ ।

बठकमा कोरोना भाइरसको महामारी (कोभिड–१९) पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजित भर्चुअल बैठक भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।

बैठकमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनःसञ्चालन, शैक्षिकसत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषयमा छलफल भएको छ ।

शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको बैठकमा कोभिड–१९ लगायत सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा सार्क सदस्य राष्ट्रबाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकासजस्ता कार्यहरूमा सहकार्य गर्न सकिने जनाइएको थियो ।

बैठकको अध्यक्षता गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्नुपर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीयस्तरमा सामूहिक तत्परताको विकास गर्ने कुरामा जोड दिएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ०१ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली