१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालमा बिहिबार राती मृत्यु भएकी एक जना महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज उपमहानगर १ की ८५ वर्षिया महिलाको भेरी अस्पतालमा बिहिबार राती ९ बजे मृत्यु भएकोमा उनको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो । गत २१ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नेपालगन्ज मेडिक कलेज पुगेकी ती महिलाले मेडिकल कलेजमा आईसीयू बेड नपाएपछि भेरी अस्पताल पुगेकी थिईन् । २१ गते सांझ ६ः३० बजे अस्पताल भर्ना भएकी उनलाई कोरोनासँग मिल्दो लक्षण देखिएपछि २२ गते साँझ स्वाव संकलन गरि परीक्षणका लागि पठाईएकोमा २२ गते नै राती ९ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए । उनको २३ गते बिहान कोरोना पोजिटिभको रिपोर्ट आएको हो ।

बाँकेमा शुक्रबार सम्ममा कोरोना संक्रमितको मृत्युको संख्या २३ पुगेको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ११ : १२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज