११ असार २०८३, बिहिबार | June 25, 2026

आईपीएल २०२० : राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लियो



काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत दिल्ली क्यापिटल्सले विजयी भएको छ ।

शुक्रबार सम्पन्न खेलमा १ सय ८५ रनको लक्ष्य पच्छाएको राजस्थान रोयल्सलाई १ सय ३८ रनमा समेट्दै दिल्लीले ४६ रनको जित हासिल गरेको हो ।

राजस्थानका राहुल तेवाटियाले , यशस्वी जैस्वालले ३४, स्टेभन स्मिथले २४ तथा जोस बट्लरले १३ रन जोड्नु बाहेक अन्य ब्याट्म्यानले दोहोरो स्कोरमा रन बनाउन सकेन ।

दिल्लीका कागिसो रबडाले ३, मर्कूस स्टोइनिस र रविचन्द्रनले आश्विन दुई-दुई तथा एनरिच नोर्ट्जे, हर्शल पटेल र अक्षर पटेलले समान १-१ विकेट लिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

दोस्रो ओभरको तेस्रो बलमा दिल्लीका प्रारम्भिक ब्याट्सम्यान शिखर धावन ५ रनमा जोर्फ्रा आर्चरको बलमा आउट भए । तेस्रो विकेटका लागि पृथ्वी शाँले आयरसँग ३० रनको साझेदारी गर्दै टोलीको स्कोर ४२ रनसम्म पुर्याए । शाँ १९ रनमा आर्चरकै बलमा क्याच आउट भए ।

दिल्लीका लागि सबैभन्दा बढी रन शिम्रोन हिट्मेयरले जोडे । उनले २४ बलमा ५ छक्का र १ चौकाको सहयोगमा ४५ रन बनाए । यस्तै, मर्कूस स्टोइनिसले ३९, श्रेयार आयरले २२, अक्षर पटेलले १७ तथा हर्शल पटेलले १६ रनको योगदान दिए ।

राजस्थानका जोर्फ्रा आर्चरले ३ तथा राहुल तेवाटिया, कार्तिक त्यागी र एन्ड्रयु ताइले समान १-१ विकेट लिए । जितसँगै ६ खेलबाट १० अंक जोड्दै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसैगरी, मुम्बइ दोस्रो, हैदराबाद तेस्रो स्थानमा रहेको छ ।

कोलकात्ता, बेङ्गलोर चेन्नइ क्रमश चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् भने दिल्लीसँग पराजित राजस्थान सातौं र पञ्जाव पुछारमा रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : ३७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा