५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : बेङ्गलाेरकाे चाैथाे जित, चेन्नइ ३७ रनले पराजित



काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत रोयल च्यालेञ्जर्स बेङ्गलोर विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा बेङ्गलोरले चेन्नइ सुपर किङसलाई ३७ रनले पराजित गरेको हो ।

१ सय ७० रनको लक्ष्य पच्छाएको चेन्नइले मात्र १ सय ३२ रन बनाउन सक्यो । निरन्तरको अन्तरालमा विकेट गुमाएको चेन्नइका लागि अम्बाती रायुडुले ४२, एन जगदीसनले ३३, सेन वाट्सनले १४ तथा महेन्द्र सिंह धोनीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरमा रन जोड्न सकेन ।

बेङ्गलोरका क्रिस मोरिसले ३ तथा वासिङ्टन सुन्दरले २ विकेट लिए । यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।

बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक रन बनाए । उनले ५२ बलमा ४ छक्का र ४ चौकाको मद्धतमा नटआउट ९० रनको पारी खेले । यस्तै, देवदत्त पडिक्कलले ३३, शिभम दुबेले तथा वासिङटन सुन्दरले १० रनको योगदान दिए ।

चेन्नइका शार्दूल ठाकुरले २ तथा दीपक चाहर र साम कुरानले समान एक-एक विकेट लिए । चेन्नइमाथिको जितसँगै बेङ्गलोर चौथो स्थानमा उक्लिएको छ ।

६ खेलबाट चार खेलमा जित र दुई खेलमा हारसहित ८ अंक जोडेको बेङ्गलोर रनरेटको आधारमा चौथो स्थानमा रहेको हो । यस्तै, पराजित चेन्नइ छैटौं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : २१ बजे

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग

बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा

होटल ब्यवसायीको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष