५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : काेलकात्तामाथि ८२ रनकाे फराकिलाे अन्तरले बेङ्गलोर विजयी



काठमाडाैं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा रोयल च्यालेञ्जर्स बेङ्गलोरले फराकिलो अन्तरले विजयी भएको छ । सोमबार सम्पन्न खेलमा बेङ्गलोरले कोलकात्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो ।

१ सय ९५ रनको लक्ष्य पच्छाएको कोलकात्ताले १ सय १२ रन मात्र बनाउन सक्यो । कोलकात्ताका लागि सुभमन गिलले ३४ तथा अन्द्र रसेल र राहुल त्रिपाठीले समान १६/१६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

कोलकात्तालाई सस्तैमा रोक्ने क्रममा बेङ्गलोरका क्रिस मोरिस र वासिङ्टन सुन्दरले समान दुई-दुई तथा नभदीवप शैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल र इरुसु उदनाले १-१ विकेट लिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

पहिलो विकेटका लागि आरोन फिन्चसँग ६७ रनको अर्धशतकीय साझेदारी गरेका देवदत्त पाडिक्कल पहिलो विकेटका रुपमा आउट भए । उनले २३ बलमा १ छक्का र ४ चौकाको सहयोगमा ३२ रन बनाएका थिए । यस्तै फिन्च पनि ४७ रनको बनाउँदै प्रसिद्ध कृष्णको बलमा बोल्ड आउट भए ।

यसैगरी, विराट कोहली र एबी डि भिलियर्सले ३३ र ७३ रनको नटआउट पारी खेले । तेस्रो विकेटका लागि कप्तान कोलहीसँग १ सय रनको साझेदारी गरेका एबी डि भिलियर्सले आक्रामक पारी खेले । उनले ३३ बलमा ६ छक्का र पाँच चौकाको मद्धतमा ७३ रनको अर्धशतकीय पारी खेले ।

कोलकात्ताका प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान एक-एक विकेट लिए । काेलकात्तामाथिकाे जितसँगै बेङ्गलाेरले सात खेलबाट १० अंक जाेड्दै तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पराजित काेलकात्ता भने एक स्थान तल झर्दै चाैथाे स्थानमा पुगेकाे छ ।

समान १० अंक भएपनि रनरेटकाे आधारमा तालिकाकाे शीर्ष स्थानमा मुम्बइ इन्डियन्स रहेकाे छ । दाेस्राे स्थानमा दिल्ली क्यापिटल्स रहेकाे छ भने सनराइजर्स हैदराबाद, राजस्थान राेयल्स, चेन्नइ सुपर किङ्स र किङ्स इलावेन पञ्जाव क्रमशः पाँचाैँ, छैटाैँ, साताैँ र आठाैँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : १७ बजे

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग

बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा

होटल ब्यवसायीको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष