८ चैत्र २०८२, आइतबार | March 22, 2026

कुष्ठरोगको उपचार पुरा गरेका नागरिकलाई स्थानीय सरकारको जुत्ता



नेपालगन्ज । बाँकेमा कुष्ठरोग उपचार पुरा गरेका नागरिकलाई स्थानीय तहले जुत्ता वितरण गरेको छ । जिल्लाको डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका नागरिकलाई डुडुवा गांउपालिकाले जुत्ता वितरण हो । गाउँपालिका स्वास्थ्य गाउँपालिका अन्र्तगत रहेका २९ जना उपचार पुरा गरेका कुष्ठरोगीलाई जुत्ता वितरण गरेको थियो ।

जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने– ‘रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनपर्छ ।’ अध्यक्ष चौधरीले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पुर्ण रोगको उपचार तथा औषधी वितरण गाउपालिकास्तरमा हुने गरेको जानकारी दिए ।

कुष्ठरोगका कारण शारिरिक अवस्था कमजोर भएकाहरुका लागि हिड्डुल तथा आवत जावतमा सहज र जटिलताबाट जोगाउनका लागि जुत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ०३ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा