१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘धर्मराउँदो’ राजनीतिक भविष्यसँग जोडिएको विष्णु पौडेलको ‘भर्भराउँदो’ अर्थमन्त्री पद



बुटवल । मन्त्रीहरुको नाम हट्ने, थपिने र सामाजिक सञ्जालहरुमा हरेक दिन मन्त्रीहरुको नामसहित मन्त्रिपरिषद् पुनर्गठनको चर्चाले ठुलो स्थान पाएपनि प्रधानमन्त्रीले कसैले पनि मन्त्री पदबाट हात धुन नपर्ने गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आज हो कि भोलि मन्त्री पद खुस्किने त्रासमा रहेका केहि मन्त्रीहरुले बुधबारको मन्त्रिपरिषद् विस्तारले लामै श्वास फेरेको हुन सक्ने सजिलै अनुमान लगाउन सकिन्छ ।

लामो समयदेखिको रस्साकस्सीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तार यस पटक पनि विवाद रहित भने हुन सकेन ।

राष्ट्रपति कार्यालयबाट सुचना जारी भएको १ घण्टा नहुँदै नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । नेकपा वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीले एकलौटी गरेको आरोप लगाईरहेका बेला अध्यक्ष प्रचण्डले पनि मन्त्रिपरिषद् विस्तारको प्रक्रियामा आफ्नो सहमति नरहेको आफु निकट नेताहरुमार्फत सार्वजानिक गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा अन्य जिम्मेवारी हेरफेर र पदस्थापनका बिषयमा खासै अर्थ नराखेपनि अर्थमन्त्रीबाट डा. युवराज खतिवडाको बहिर्गमन पछि निकै चर्चामा रहेको अर्थ मन्त्रालयको जिम्मा कसले पाउँछ भन्ने चासोको विषय थियो । अर्थमन्त्री महासचिव विष्णु पौडेलले पाएपछि चर्चाको केन्द्रविन्दुमा स्वभाविक रूपमा उनी नै परेका छन् । यद्यपी पौडेलको चर्चा धेरै पहिलेदेखि हुँदै आएको हो ।

सरकारबाट खतिवडाको बहिर्गमनदेखि नै अर्थमन्त्रीमा माधव नेपालले प्रस्ताव गरेका सुरेन्द्र पाण्डेका विषयमा प्रधानमन्त्रीले कुरै सुनेनन् । प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र पूर्वअर्थमन्त्री पौडेललाई फेरि सोही पदमा अर्थमन्त्रीमा नियुक्त गरेपछि पार्टीमा माधव नेपाल खेमा आक्रोशित देखिएको छ ।

विष्णु पौडेलको दोस्रो पटकको अर्थमन्त्रीको आगमन पहिलेको जस्तो उत्साहजनक भने देखिएको छैन । एकातिर निजी क्षेत्रलाई चिढ्याउँदै डा. खतिवडाले ल्याएको बजेट कार्यान्वयन गर्ने चुनौती पौडेलको काँधमा आएको छ । अर्कोतर्फ बुटवलमा रहेको प्रदेशको राजधानी दाङ लैजाने विषयमा प्रदेश सभाले निर्णय गरे लगत्तै अर्थमन्त्रीमा भित्रिनुलाई कतिपय आलोचकहरुले अर्थमन्त्रीसँग पौडेलले राजधानी साटेको आरोप पनि लगाउने ठाँउ पाएका छन् ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्री भएका थिए। त्यसबेला उनी तत्कालिन एमालेको उपमहासचिव थिए। अहिले नेकपाको महासचिव छन्।

राजनीतिक वृत्तमा पौडेलको सरकारमा इन्ट्री हुनुलाई उनको राजनीतिक भविष्यसँग जोडेर समेत हेर्न थालिएको छ । अघिल्लो पटक अर्थमन्त्री हुँदा रुपन्देहीमा निकै उत्साह छाएकोमा यस पटक पौडेलको मन्त्रिपरिषदमा प्रवेशले जिल्लाबासीलाई खासै उत्साहित बनाएको छैन । विशेषगरी अस्थायी राजधानी रहेको बुटवलबाट प्रदेशसभाले राजधानी दाङ सार्ने निर्णय गर्दा निरिह जस्तै बनेका पौडेलको अर्थमन्त्री पद राजधानीसँगै जोडिएर आएकाले उनकै निकट नेकपाका जिल्ला नेताहरु समेत खुलेर खुसी देखाउन सकेका छैनन् ।

विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भइरहँदा पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको जित र पौडेलको हारका रुपमा पनि लिन थालिएको छ । ३ वर्षको शित युद्धपछि विष्णु पौडेलको अडान र प्रतिबद्धतालाई गर्ल्यामगुर्लुम्म भत्काएर जसरी बुटवलबाट राजधानी दाङ लैजान पोखरेल सफल भए त्यसैगरी पौडेलको राजनीतिक भविष्य पनि पोखरेलले समाप्त पारिदिने त हैन भन्ने आशंका पनि नेकपाभित्र उठन थालेको छ ।

नेकपामा फाईदाको हिसाब किताबमा पौडेल अहिलेसम्म अब्बल नै देखिएपनि पोखरेल रणनीतिक आक्रमणका कुशल खेलाडी मानिन्छन् ।

‘पार्टी एकताका लागि मुख्यमन्त्री त्याग्न तयार छु’ भन्ने अभिब्यक्ति दिएका पोखरेलले आफ्नो पहिलो मिसन राजधानी दाङ लैजाने कार्यमा सफल भएका छन् भने दोस्रो मिसनमा पौडेललाई अर्थमन्त्रीमा पठाए पछि पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री त्याग गरेर पार्टीको बागडोर सम्हाल्न अगाडि सरे भने आश्चर्य मान्नु पर्दैन ।

पौडेल सरकारी कामकाजमा व्यस्त रहेको भन्दै मुख्यमन्त्रीबाट पछि हटेर कार्यवाहाक महासचिवको जिम्मेवारीका लागि अध्यक्ष केपी ओली र प्रचण्डलाई विश्वासमा लिन सक्ने सम्भावना त्यत्ति कमजोर नरहेको नेकपाभित्र चर्चा चल्न थालिसकेको छ ।

यसो गर्दा पार्टी एकताका लागि त्याग गरेको पनि देखिने र अर्कोतिर पार्टी केन्द्रको बागडोर पनि आफ्नो हातमा आउने रणनीतिका साथ पोखरेलले खेल खेलेनन् होला भन्ने आधार भेटिँदैन, किनकी अध्यक्ष एवं प्रधानमन्त्रीको उत्तराधिकारीका रुपमा एकाथरी नेताहरुले शंकर पोखरेललाई हेर्न थालिसकेका छन् ।

०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री हुँदै सरकारमा ईन भएका पौडेलले गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारका जलश्रोत मन्त्री थिए । राजनीतिमा अग्रगमन र पच्छागमनलाई कसैले बुझ्न सक्दैनन् भन्ने भनाईलाई आत्मसाथ नगरी सत्ता, शक्ति र नेतृत्वको भक्तिकै भरमा दीर्घकालीन राजनीति गर्न सकिन्छ भन्ने सोंचका साथ पौडेल यतिबेला सरकारमा सामेल भएका हुन भने त्यो पद उनका लागि महङ्गो पनि पर्न सक्दछ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : ५३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान