२१ चैत्र २०८२, शनिबार | April 4, 2026

रुपन्देहीका आईसीयू कोरोना संक्रमितले भरिए, दाङ लैजाने क्रममा अर्घाखांचीका कोरोना संक्रमितको बाटोमा मृत्यु



बुटवल । अर्घाखाँचीबाट उपचारका लागि बुटवल पुगेका थप एक जना कोरोना संक्रमित आईसीयू खालि नभएका कारण मृत्यु भएको छ । रुपन्देहीका सबै कोरोना अस्पतालमा आईसीयू भरिएपछि दाङको बेलझुण्डी लैजाँदा लैजाँदै संक्रमितको मृत्यु भएको हो ।

असोज २७ गते कोरोना संक्रमित पुष्टि भएका अर्घाखाँची भुमिकास्थान(९का ७३ वर्षिय पुरुषको आईसीयू बेडका लागि दाङ लैजाने क्रममा बाटोमा मृत्यु भएको लुम्बिनी अस्पतालले पुष्टि गरेको छ ।

२८ गते देखि धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत उनको मध्यराती स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डी रेफर गरेको थियो । दाङ लैजाने क्रममा बिहान ७ः४५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

लगातार थपिएको लक्षण सहितको कारोना संक्रमितहरुले रुपन्देहीका आईसीयू भरिसकेका छन् भने आईसीयू बाहेकका बेडहरु पनि नपाउने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ०२ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ