२० माघ २०८२, मंगलबार | February 3, 2026

लकडाउन र कोरोना संक्रमणबाट नयाँ सुरक्षा चुनौती थपियो : गृहमन्त्री थापा



काठमाडौं । काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन र कोरोना संक्रमणबाट नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

६५ औं प्रहरी दिवसको अवसमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री थापाले अप्ठेरो समयमा नै सुरक्षा चुनौती बढ्ने भन्दै शान्तिसुरक्षाका लागि सतर्क बन्न प्रहरी संगठनलाई निर्देशन दिए ।

थापाले कोरोना संक्रमणकै बीचमा विभिन्न आपराधिक संगठनहरु सक्रिय बनेको जनाए । उनले भने, ‘
‘भूमिगत समूहले चन्दा असुली गर्ने प्रयास गरिरहेका छन्, त्यस्ता समूहलाई निस्तेज पार्न प्रहरीले कतै सम्झौता गर्ने छैन भन्ने मेरो विश्वास छ।’

प्रहरीमाथि जनताको अगाध आस्था र विश्वास रहेको उल्लेख गर्दै थापाले इमान्दारीता र र व्यवसायीक कार्यको विकल्प नभएको बताए । उनले प्रहरीलाई शान्ति मिसनमा थप सहभागीता गराउन सम्बन्धित निकायसँग समन्वयका लागि सुझाव समेत दिए ।

गृहमन्त्री थापाले गृहमन्त्री रामबहादुर थापा ले प्रहरीको रासन सुविधा र कल्याण कार्यक्रमलाई समानुकुल सुधार गर्न आफू तयार रहेको पनि बताए । थापाले भने, ‘रासन सुविधा र कल्याणको कार्यक्रम समयानुकुल सुधार गर्न मन्त्रालय तत्पर छ ।’

अहिले काठमाडौं उपत्यकामा प्रहरी जवानले दैनिक १ सय ७५ रुपैयाँ रासन खर्च पाउँछन् ।

 

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ०४ बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा