४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउन र कोरोना संक्रमणबाट नयाँ सुरक्षा चुनौती थपियो : गृहमन्त्री थापा



काठमाडौं । काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन र कोरोना संक्रमणबाट नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

६५ औं प्रहरी दिवसको अवसमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री थापाले अप्ठेरो समयमा नै सुरक्षा चुनौती बढ्ने भन्दै शान्तिसुरक्षाका लागि सतर्क बन्न प्रहरी संगठनलाई निर्देशन दिए ।

थापाले कोरोना संक्रमणकै बीचमा विभिन्न आपराधिक संगठनहरु सक्रिय बनेको जनाए । उनले भने, ‘
‘भूमिगत समूहले चन्दा असुली गर्ने प्रयास गरिरहेका छन्, त्यस्ता समूहलाई निस्तेज पार्न प्रहरीले कतै सम्झौता गर्ने छैन भन्ने मेरो विश्वास छ।’

प्रहरीमाथि जनताको अगाध आस्था र विश्वास रहेको उल्लेख गर्दै थापाले इमान्दारीता र र व्यवसायीक कार्यको विकल्प नभएको बताए । उनले प्रहरीलाई शान्ति मिसनमा थप सहभागीता गराउन सम्बन्धित निकायसँग समन्वयका लागि सुझाव समेत दिए ।

गृहमन्त्री थापाले गृहमन्त्री रामबहादुर थापा ले प्रहरीको रासन सुविधा र कल्याण कार्यक्रमलाई समानुकुल सुधार गर्न आफू तयार रहेको पनि बताए । थापाले भने, ‘रासन सुविधा र कल्याणको कार्यक्रम समयानुकुल सुधार गर्न मन्त्रालय तत्पर छ ।’

अहिले काठमाडौं उपत्यकामा प्रहरी जवानले दैनिक १ सय ७५ रुपैयाँ रासन खर्च पाउँछन् ।

 

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको