२४ मंसिर २०८२, बुधबार | December 10, 2025

प्रमुख अतिथि बनेका मन्त्रीले कालोझण्डा देखाउने सुईँको पाएपछि….



बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न प्रमुख अतिथि बनेर पुग्नै लागेका लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरीले विपक्षीले कालो झण्डा देखाउने सुंईको पाएपछि कार्यक्रम स्थल नपुगि फर्केका छन् ।

काँग्रैसले कालो झण्डा देखाउने तयारी गरेको चाल पाएपछि मन्त्री रिरीले आफु नगएर प्रदेशसभाका सदस्यलाई कार्यक्रममा पथाएका थिए ।

मन्त्रीको सट्टा सो गाउँपालिकाको नवनिर्मित भवनको रिवन काट्न लुम्बिनी प्रदेशका नेकपाका सांसदलाई तुल्सी प्रसाद चौधरी पुगेका थिए । उदघाटन गर्न पुगेको साँसद चौधरीलाई कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीको निर्देशनमा काँग्रेस शुद्धोधनले विरोध गर्दै प्रदेश सांसद तुल्सी प्रसाद चौधरीलाई कालोझण्डा देखाएका थिए ।

चौधरीले प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको,र जनमतको अपमान गरेको भन्दै काँग्रेसले कालोझण्डा देखाएको जनाएको छ ।

रुपन्देहीलाई घात गर्ने पदाधिकारीलाई प्रमुख अतिथि बनाएको भन्दै काँग्रेसका निर्वाचित जनप्रतिनिधिले समेत उक्त कार्यक्रम बहिस्कार गरेका थिए । काँग्रेसले भवनको उद्घाटनको बिरोध नभई राजधानी सार्ने पक्षमा भोट हाल्ने नेकपाका सांसदको बिरोध गरेको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : १३ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल