९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रमुख अतिथि बनेका मन्त्रीले कालोझण्डा देखाउने सुईँको पाएपछि….



बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न प्रमुख अतिथि बनेर पुग्नै लागेका लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरीले विपक्षीले कालो झण्डा देखाउने सुंईको पाएपछि कार्यक्रम स्थल नपुगि फर्केका छन् ।

काँग्रैसले कालो झण्डा देखाउने तयारी गरेको चाल पाएपछि मन्त्री रिरीले आफु नगएर प्रदेशसभाका सदस्यलाई कार्यक्रममा पथाएका थिए ।

मन्त्रीको सट्टा सो गाउँपालिकाको नवनिर्मित भवनको रिवन काट्न लुम्बिनी प्रदेशका नेकपाका सांसदलाई तुल्सी प्रसाद चौधरी पुगेका थिए । उदघाटन गर्न पुगेको साँसद चौधरीलाई कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीको निर्देशनमा काँग्रेस शुद्धोधनले विरोध गर्दै प्रदेश सांसद तुल्सी प्रसाद चौधरीलाई कालोझण्डा देखाएका थिए ।

चौधरीले प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको,र जनमतको अपमान गरेको भन्दै काँग्रेसले कालोझण्डा देखाएको जनाएको छ ।

रुपन्देहीलाई घात गर्ने पदाधिकारीलाई प्रमुख अतिथि बनाएको भन्दै काँग्रेसका निर्वाचित जनप्रतिनिधिले समेत उक्त कार्यक्रम बहिस्कार गरेका थिए । काँग्रेसले भवनको उद्घाटनको बिरोध नभई राजधानी सार्ने पक्षमा भोट हाल्ने नेकपाका सांसदको बिरोध गरेको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : १३ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड