६ बैशाख २०८२, शनिबार | April 20, 2025

हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै



ताप्लेजुङ । ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ ।

फक्ताङलुङ गाउँपालिका-६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ ।

सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको भवन निमार्ण कार्य २०७७ साल असार मसान्तसम्ममा निर्माण गरी सक्नुपर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको थियो ।

हिमाली क्षेत्र भएकाले जिल्ला सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माणस्थलसम्म पुयाउनुपर्ने र हिउँका कारणले वर्षको ६ महिनामात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताए । सम्झौता एक वर्ष थप गरी २०७८ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

कञ्चनजङघा संरक्षण क्षेत्रभित्र विश्वको दुर्लभ वन्यजन्तु हिउँचितुवा, हाब्रे (रेडपान्डा) कस्तुरी मृगका साथै विभिन्न जनवार तथा चराचुरुङ्गी र विभिन्न प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालीय अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताए । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : २६ बजे

समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन : गृह मन्त्रालय

काठमाडौँ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले लगाएको निषेधित

चितवन सेवा समाज बाँकेको शुभकामना तथा क्यालेन्डर विमोचन

नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज

न्यू डाँफेको नेतृत्वमा दोस्रो पटक तिलकबीर सुनार, आगामी वर्ष गोल्ड कपको घोषणा

खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स

लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल : भारतीय टिमलाई ४-० ले पराजित गर्दै पुलिस क्लव विजयी

नेपालगन्ज । नेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल

१० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप