१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै



ताप्लेजुङ । ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ ।

फक्ताङलुङ गाउँपालिका-६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ ।

सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको भवन निमार्ण कार्य २०७७ साल असार मसान्तसम्ममा निर्माण गरी सक्नुपर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको थियो ।

हिमाली क्षेत्र भएकाले जिल्ला सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माणस्थलसम्म पुयाउनुपर्ने र हिउँका कारणले वर्षको ६ महिनामात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताए । सम्झौता एक वर्ष थप गरी २०७८ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

कञ्चनजङघा संरक्षण क्षेत्रभित्र विश्वको दुर्लभ वन्यजन्तु हिउँचितुवा, हाब्रे (रेडपान्डा) कस्तुरी मृगका साथै विभिन्न जनवार तथा चराचुरुङ्गी र विभिन्न प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालीय अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताए । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : २६ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी