४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : सामान्यतया सफा, केही स्थानमा सामान्यदेखि आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा कुनै पनि प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागमा आंशिक वदली रहनेछ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुनेछ । प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ ।

त्यस्तै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली हुनेछ । लुम्विनी प्रदेशमा आंशिक बदली हुनेछ । त्यस्तै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको