१ चैत्र २०८२, आइतबार | March 15, 2026

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो



बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।

मधुवन-३ बस्ने २६ वर्षीया गङ्गा खत्रीलाई घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको थियो । घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी खत्रीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले पुष्टि गरेको छ ।

नरभक्षि बाघले खत्रीलाई आक्रमण गरि नजिकै जंगलतिर घिसार्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले थाहा पाएर हो हल्ला गरेपछि महिलाको लाश छाडेर बाघ जङ्गल पसेको प्रहरीले जनाएको छ ।

दुई हप्ताअघि पनि मधुवन नगरपालिकाकै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट ज्यान गएको थियो । साढे एक वर्ष अघिदेखि अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला वन क्षेत्रमा पाटे बाघको आक्रमणबाट सात जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : ४२ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च