१ चैत्र २०८२, आइतबार | March 15, 2026

आज बडादशैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै



काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैँको सातौ दिन आज देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ ।

नेपाल पञ्चाङग निर्णायक समितिले आज बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा चलाउने र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ ।

आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देवीको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चनबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको छ ।

घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

आजको दिन नै हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर समुदायका ६ जनाले फूलपाती बोकेर ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राह्मणहरुले ल्याउने परम्परा रहंंदै आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुरुज्युको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने चलन छ ।

तर यसपटक भने कोरोना संक्रमणको जोखिमका कारण चाडवाड मनाउँदा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सरकारले आह्वान गरेको छ भने शक्तिपीठहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजा गर्न रोक लगाएको छ ।

त्यसैगरी यस बर्षको दशैंको टीकाको साइत सोमबार बिहान १० बजेर ११ मिनेटदेखि १० बजेर १९ मिनेट सम्म रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ३९ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च