२१ भदौ २०८३, आइतबार | September 7, 2026

‘लकडाउन’ले ‘लक’ नभएको उद्योग



कैलाली । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना-टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको छ ।

सुरुमा टपरी कोही किन्न मान्दैनथे तर अहिले माग निकै छ, भावनाले भनिन्, ‘लकडाउनमा सबै कारोबार लक भए हामीले भने त्यो बेलासमेत धेरै टपरी बनायौँ । अहिले फेरि दशैँ, तिहारमा चाहिने दुना-टपरी बनाइरहेका छौँ ।’ उनले पुराना कुरा सुनाउँदै भनिन्, ‘तीन वर्ष टपरीका बारेमा प्रचार गरिसकेपछि अहिले टपरी उद्योगले कमाइको लय समातेको छ ।

फाइबरभन्दा अर्गानिक सालको पातको टपरीमा खाने कुरा खाँदा सजिलो हुन्छ भन्ने सम्झाउन सकेपछि अहिले माग पुर्‍याउनै गाह्रो छ ।’ उनका अनुसार आजभोलि मःम, चाउमिन, अरू खालका नास्ता, खानाका लागिसमेत टपरी प्रयोग हुने गरेको छ ।

सुरुमा आफूलाई थोरैले मात्र पत्याएको बताउँदै उनले काठमाडौं, डडेल्धुरा, महेन्द्रनगर, धनगढी र फूलबारीका विभिन्न व्यवसायीले अहिले आफ्नो टपरी लैजान थालेको जानकारी दिइन् । विदेशमा कार्यरत श्रीमानले समेत ‘टपरीसितै बिहे गर, मैले डिभोर्स गरेँ’ भनेर दुईपटक फोनमा भनेको स्मरण गर्दै भावनाले आफू महोत्सवहरूमा उद्योगीका रूपमा सम्मानित हुन थालेपछि भने श्रीमान सकारात्मक भई नेपाल आएर घरमा म अरू नै व्यवसाय गर्छु भन्न थालेको बताए । ‘त्यसो गर्नुभयो भने म अर्को ठाउँमा उद्योग खोल्छु । म अब यो व्यवसायमा भिजिसकेकी छु,’ उनले भनिन् ।

वातावरण र स्वास्थ्यमा कुनै खालको असर नपार्ने भएपछि आजकल जताततै टपरी रुचाउन थालिएको छ । त्यसैले बजारको समस्या पनि छैन । त्यसै हुँदा पहिलो वर्ष घाटा नभएको, दोस्रोमा दुई लाख जति बचत भएको र तीन/चार लाखको टपरी त गोदाममै रहेको बताइन् ।

उनि र उनका साथीहरूले अनुरोध आउँदा दुना-टपरी बनाउने र मेसिन किन्नेलगायतका विषयमा तालिमसमेत दिने गरेकी छिन् । भावनाको साहस र लगनशीलता देखेर अहिले वडादेखि प्रदेश सरकारसम्मले सहयोग गरेका छन् । भावनाका अनुसार नगरपालिका, वन डिभिजन कार्यालयले समेत छुट्टाछुट्टै मेसिन किनिदिएका छन् । उनले नवलपरासीमा टपरी बनाउने काम गरेर आएकी साथीको प्रेरणाले टपरी उद्योगमा हात हालेकी थिइन् । उनको उद्योगमा दैनिक ३०/३५ जनाले काम पाइरहेका हुन्छन् ।

फुर्सदको समयमा टपरी उद्योगमा आउने महिलाहरू कसैले मेसिनमा साँचोअनुसारको दुना, टपरी बनाउने गरेका हुन्छन् भने कोही दुना, टपरीमा सिन्का हालेर मिलाइरहेका हुन्छन् । अलिकति बलिया महिला जङ्गल गएर पात टिपेर ल्याउने गर्छन् ।

भावनाले बूढापाका मेसिन चलाउन पनि नसक्ने र जङ्गलमा पनि जान नसक्नेलाई दुना-टपरीमा सिन्का हाल्ने काम दिइएका छन् । उक्त समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : ४२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त