२१ मंसिर २०८२, आइतबार | December 7, 2025

फलफूलको मूल्य छोइनसक्नु महङ्गो



काठमाडौं । दशैंको बेला फलफूल बजार अति महङ्गो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् ।

चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत त्यसैपनि बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारै पिच्छे फरक पर्ने गरेको देखिन्छ । फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै बिक्री हुने वस्तु हो । फलफूल बजारको अवस्था बुझ्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा मूल्यमा एकरुपता नभएको भेटिएका ेछ । एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँ सम्म परेको पाइएको छ ।

बजारमा भेटिएका उपभोक्ताहरु पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेटिनुभएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलै पिच्छे मूल्यमा फरक परेको बताउनुभयो । चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिँदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनले बताए ।

व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन् । आफुहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाइ छ ।

नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गदैं आउएका पुजन कुमार साहले भाउमा एकरुपता नहुनेको कारण होलसेल विक्रेताहरु नै रहेको बताए । होलसेल पसलमा नै एउटै जातको स्याउ प्रति पेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म पर्ने भएकाले भाउमा फरक परेको साहले बताए । यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले जनाए ।

कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ । त्यस्तै केरा प्रतिदर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ४ : ३० बजे

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक