काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ । त्यस्तै देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश १ र बाग्मती प्रदेशका केही भू-भागको मौसममा आंशिक बदली रहने छ । देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया