२५ श्रावण २०८३, सोमबार | August 10, 2026

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित



नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास विक्रेताहरु आक्रोशित बनेका छन् । ग्यास अभावलाई सहज बनाउन व्यवसायीबाट व्यवस्थित ढंगले वितरण भइरहेको अवस्थामा अनुगमनका नाममा जबर्जस्ती जरिवाना लगाउने र पक्राउ गर्ने जस्ता कार्य भएको भन्दै व्यवसायीहरुले आक्रोश प्रकट गरेका हुन् ।

नेपालगन्ज उद्योगा वाणिज्य संघको कार्यालयमा भेला भएका ग्यास व्यवसायीहरुले अन्य जिल्लाको तुलनामा बाँकेमा व्यवस्थित ग्यास वितरण भइरहेको दाबी गरे । पहिलो आउने उपभोक्तालाई क्रमशः ग्यास पाउने गरि व्यवसायीबाट वितरण भइरहेको जनाउँदै उनीहरुले बाँकेमा अन्य जिल्लाहरुमा जस्तो घण्टौं लामो लाईन बस्ने अवस्था नदेखिएको बताए । पालैपालो ग्यास वितरण भइरहेको स्थानमा अनुगमनका नाममा प्रशासनबाट धरपकड भएको उनीहरुले गुनासो गरे ।

ग्यास विक्रेता संघका अध्यक्ष प्रेम थापाले अन्य जिल्लाको तुलनामा बाँकेमा वितरण प्रणाली चुस्त रहेको दाबी गरे । व्यवसायीहरुले पहिलो आउने उपभोक्तालाई पहिलो प्राथमिकता दिएर वितरण भइरहेको जनाउँदै त्यसैका कारण बाँकेमा लामो सिलिण्डरको लाइन नदेखिएको बताए । उनले नियमित भण्डारण गर्ने गोदाममा ग्यास सिलिण्डर भेटिएकै भरमा जरिवाना गर्नु अनुचित भएको भन्दै प्रशासनलाई वस्तुस्थिती बुझेर मात्र कारवाही गर्न आग्रह गरे । ग्यास अभावका बेला वितरणको चापका कारण हरेक दिन लेखा व्यवस्थापन गर्न असहज हुने उल्लेख गर्दै त्यसैको बहानामा जरिवाना र कारवाही गर्नु गलत भएको उनले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्जका अध्यक्ष टंक धामीले प्रशासनको धरपकडलाई व्यवसायीहरुले एकताबद्ध भएर प्रतिवाद गर्नु पर्ने बताए । राष्ट्रको आर्थिक मेरुदण्ड उद्योगी व्यवसायीलाई आतंकित पार्ने कार्य बन्द गर्न आग्रह गर्दै उनले कानुनको पालना र कार्यान्वयनमा संघ प्रतिबद्ध रहेको जनाए । उनले सचेत बनाउने, चेतावनी दिने र सुधार नभए कारवाही गर्ने लोकतान्त्रिक बिधि मिचेर प्रशासनले एकैपटक धरपकड सुरु गरेको आरोप लगाए ।

स्थानीय प्रशासन, ग्यास उद्योगी र व्यवसायीहरु बीच छलफल गरेर समस्या समाधानको निकास निकाल्न सकिने अग्रज व्यवसायी ललित रौनियारले बताए ।

ग्यास अभाव र बजारमा देखिएको वितरणको समस्याका सम्बन्धमा सरोकारवालाबीच समन्वय र सहकार्य हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।

ग्यास अभावको समस्या र वितरण प्रणाली तथा बजार अनुगमनका सम्बन्धमा उद्योग वाणिज्य संघको आयोजनामा बुधबार सरोकारवालाबीच अन्तरक्रिया गर्ने भेलाले निर्णय गरेको छ ।

देशभर ग्यासको हाहाकार भइरहँदा अन्य जिल्लामा ग्यास व्यवसायी संघ र प्रशासन बीच बैठक समन्वय भइरहँदा बाँकेमा भने अहिलेसम्म एउटा बैठक समेत बस्न सकेको छैन।

आइतबार मात्र बजार अनुगमन समितिले नेपालगन्ज सदर लाईनका एक व्यवसायीको गोदाममा १३ थान ग्यास फेला परेको भन्दै ५० हजार जरिवाना र प्रतिवाद गरेको आरोपमा व्यवसायीलाई प्रहरीले पक्राउ समेत गरेको थियो । संघ र अग्रज व्यवसायीको मध्यस्ततामा स्थानीय प्रशासन जरिवाना नलिन सहमत भएको थियो ।

भेलामा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,  नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ३४ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका