१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रधानमन्त्री रोजगार कार्यक्रममा जुम्लाका १५ हजार सूचीकृत



जुम्ला । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २५१ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष ०७७/०७८ का लागि जुम्लाका आठ स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस)मा सूचीकृत भएका हुन् ।

सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास गर्ने स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएका समयावधिभित्र फाराम भरेका व्यक्तिमाथि वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका व्यक्तिलाई इएमआइएसमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले जानकारी दिए ।

सूचीकृत बेरोजगारलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनका काममा लगाइने कनकासुन्दरी गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेले बताए । ‘एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको थियो ।’ उनीहरुले प्रतिदिन रु ५१७ का दरले एक सय दिनको ज्याला पाउने प्रावधान रहेको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारका लागि रुपान्तरण पहल आयोजनाका लागि यहाँका आठ वटै स्थानीय तहलाई रु ५१ लाखका दरले रकम विनियोजन भएको छ । गुठीचौर गाउँपालिका रोजगार संयोजक प्रेम शाहीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट आउन बाँकी नै छ ।

यस वर्ष विश्व बैंकको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करीब पाँच लाख रोजगारी सिर्जना गर्न रु ११ अर्बभन्दा बढी सरकारले विनियोजन गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : ४२ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी