१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लोप हुँदै दाङका वादीको मादल बनाउने पेशा



दाङ । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् ।

अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं”, उनले भने ।

बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताए । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ । “अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ”, उनले भने, “यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा सङ्कटमा छ ।”

घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उनको भनाइ छ ।

 

माछा मार्ने पेशा पनि धरापमा

वादी समुदायको अर्को पेशा भनेको माछा मार्ने पेशा पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गरे । “मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ”, उनले भने, “तर , अहिले यो पेशा पनि धरापमा छ ।”

नदी तथा खोलाहरुमा करेन्ट लगाएर, वीष हालेर सबै माछा मार्ने क्रम बढेपछि आफुहरुको यो पेशा पनि सङ्कटमा परेको उनको भनाइ छ । जाल, बल्छिको प्रयोग गरेर माछा मार्ने गरेको भएपनि बजारबाट आएर करेन्ट आदि प्रयोग गरेर माछा मार्दा समस्या हुने गरेको छ ।

पाँच वर्ष पहिले दैनिक पाँच किलो बढी माछा मार्ने गरेका वादी समुदायले अहिले एक किलो माछा मार्न पनि धौ–धौ पर्ने गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ नयाँबस्तिका धनराज वादीले गुनासो गरे ।

मादल बनाउने र माछा मारेर दुवै पेशा धराममा परेपछि अहिले वादी समुदायलाई दैनिकी चलाउन समस्या हुने गरेको छ । “बिगतमा माछा मारेर, मादल बनाएर दैनिकी चलाउने गरेका थियौँ”, उनले भने, “तर, पछिल्लो समय यी दुवै पेशाबाट दैनिकी चलाउन सक्ने अवस्था छैन् ।”

यस्तो अवस्थामा सरकारले यो समुदायको रोजगारीको व्यवस्थापन गर्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । दाङमा चार हजार बढी वादी समुदायको बसोबास छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ८ : ५७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा