१ चैत्र २०८२, आइतबार | March 15, 2026

नेपाल भाषा साहित्यमा युवाको आकर्षण बढाउन जोड



भादगाउँ । युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ ।

भक्तपुरमा आज आयोजित विराट् नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपाल भाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिए ।

सम्मेलनको उद्घाटन गर्दै गुठीमा पूर्वाध्यक्ष गोविन्दमान श्रेष्ठले उनले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै गणतन्त्र स्थापना भइसक्दा पनि भाषासाहित्यको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गरे । उनले भाषाका माध्यमबाट सामाजिक चेतनासमेत जगाउन सकिने बताउँदै भाषासाहित्यको जगेर्नाका लागि नयाँ पुस्ताको आगमन आवश्यक भएको बताए ।

गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले नेपाल भाषासाहित्यको उत्थान र नयाँ पुस्तालाई साहित्यमा अभिरुचि जगाउन सम्मेलन आयोजना गरिएको बताए । नेपाल भाषासाहित्यको विकास, संरक्षण र सम्वर्द्धनको उद्देश्यले स्थापित गुठीको सम्मेलनमा विभिन्न साहित्यकारले आआफ्नो रचना वाचन गरेका थिए ।

सम्मेलनमा नेपाल भाषाका साहित्यकार रेणु श्रेष्ठ, सौरभ शाक्य, न्हुँछेभक्त कवाँ, शरद कसा, नारायण बज्राचार्य, राजभाइ जकमी, वसन्त नकर्मी, हरिगोविन्द, गोविन्दमान श्रेष्ठलगायतले नेपाल भाषामा कविता वाचन गरेका थिए । त्यसैगरी तेजकृष्ण श्रेष्ठ, नरेन्द्रप्रसाद जोशी र बाबुकाजी सुवालले गजल र सुरेश प्रधान र धर्मराज राजकर्णिकारले हाइकु वाचन गरेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाल भाषामा नेपाल प्रथम कवीन श्रेष्ठलाई गुठीका संस्थापक रत्नगोपाल साँयजुका स्मृतिमा उनको परिवारले स्थापना गरेको विराट् ज्वलन्त सिरपा र गत वर्षको एसइई परीक्षामा नेपाल भाषामा सर्वोत्कृष्ट अंक ल्याउन सफल सुस्मिता राजभण्डारीलाई नेपाल भाषा पदकले सम्मान गरिएको थियो ।

सो अवसरमा गुठीका कोषाध्यक्ष रामगोपाल चगुठी, साहित्यकार नवीन प्रकाश श्रेष्ठ, सम्मानित व्यक्तित्व श्रेष्ठ र राजभण्डारीलगायतले गुठीले नयाँ पुस्तालाई नेपाल भाषासाहित्यका क्षेत्रमा आकर्षित गराउन तथा उनीहरुको अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।

पञ्चायतकालमा नेपाल भाषा साहित्यका माध्यमबाट जनतामा राजनीतिक चेतना ल्याउने र मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने तथा विभिन्न जनजातिका भाषा, साहित्य, कलासंस्कृतिको विकास विस्तार गर्ने उद्देश्यले गुठी स्थापना गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ६ : ५५ बजे

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका