७ पुस २०८२, सोमबार | December 22, 2025

चौरसिया हत्या प्रकरण : हत्या भएको एकसाता पछि पर्सा प्रहरीमा जाहेरी दर्ता



वीरगंज । नेकपाको गाँउ पार्टी कमिटीको सपथ ग्रहण समारोहमा भएको झडपमा परि मारिएका नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या भएको एकसाता पछि जाहेरी दर्ता भएको छ । एकसातादेखि लगातार जाहेरी दर्ता गर्न अस्विकार गरेको पर्सा प्रहरीमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध जाहेरी दर्ता भएको हो ।

प्रहरीले किटानी जाहेरी दर्ता गर्न अस्विकार गरेपछि नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा एकसाता देखि वीरगंजमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो ।

प्रहरीले जाहेरी नलिएपछि मृतक चौरसियाको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो । जाहेरी दर्ता भएसँगै मृतकको शव बुझेर शुक्रबार नै अन्त्यष्टि गर्ने सहमती भएको बताईएको छ ।

झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित ४ जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले केहिबेर नियन्त्रणमा लिएकाहरु मध्य गुप्तालाई प्रहरी कार्यालयबाटै र अन्य २ जनालाई स्वास्थ्य जांचका लागि भन्दै अस्पताल लगेर छाडीएको मृतक पक्षधरहरुले आरोप लगाएका छन् । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरेको छ भने पक्राउ परेका तथा झडपमा सामान्य घाइते समेत भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएको प्रहरीले बताउँदै आएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १० : ३९ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले