३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

अव काठमाडौंको फोहर बञ्चरेडाँडामा, एक महिनामा काम सक्न शहरी विकास मन्त्री श्रेष्ठको निर्देशन



काठमाडौ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनैपनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।

हाल फोहोर बिर्सजन भैरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए ।
पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिर्सर्जन गर्न मिल्नेगरी काम सक्न कडा निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठलाई लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भैरहेको जानकारी गराएका थिए ।

‘तपाईले धेरै पटक भाका फेरी सक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर बिसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस’–प्रगतिको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले भने ।

काठमाडौ र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भैरहेको छ । “हामी मंसिर १ गतेभित्र फोहोर फ्याक्नेगरी तयारी गरेका छौ”–निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भने । प्रधानमन्त्री केपी ओलीले समेत केही दिनभित्रै फोहोर बिसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात बञ्चरेडाडा पुगेका हुन् ।

मन्त्रीसंगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनाली सहितको टोली निरीक्षण गर्न पुगेका थिए ।

सचिव डा. सिहले मन्त्रीको निर्देशन अनुसार तोकिएको समयमा फोहोर व्यवस्थापन हुने बताएकाछन् । विभागले हालसम्म सो ल्याण्डफिल्ड साईटका लागि करिब ४० करोड रुपिया खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड ५ लाख ९४ हजार रुपियाको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता बैशाख २२ सम्म थियो । लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही कातिक २२ गतेसम्म म्याद थपेको थियो ।

दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको थियो । सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले कोभिड–१९को स्वाथ्यजन्य समस्याको कारणले कामदार र निर्माण समाग्री आपुर्तिमा कठिनाई, सिसडोलमा फोहोरको पहिरो गई आगमन अबरुद्ध भएको र कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माणकार्यमा प्रभावित भएको जनाएको छ ।

१३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर बिसर्ज भैरहेको थियो । दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर बिसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर बिसर्जन भैरहेको छ ।

बिसं २०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्लेगरी मात्र सिसडोल ल्याण्डफिल साइट तयार गरेको थियो । लगत्तै दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन बञ्चरेडाडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : १२ बजे

उर्लाबारीमा ३७० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

उर्लाबारी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय