१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सभामुख र उपसभामुखले सदनमा रेफ्रीको भूमिका निर्वाह गर्नुपर्छ : एमाले सांसद श्रेष्ठ



काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्ने बताएका छन् ।

उपसभामुख चयन गर्न शनिबार बसेको प्रतिनिधिसभा बैठकमा इन्दिरा रानामगरको पक्षमा बोल्दै
सांसद श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित नभै माथि उठेर काम गर्नुपर्ने बताएका हुन् ।

विगतका सभामुखले दल फुटाउने भूमिका खेलेको आरोप लगाउँदै उनले अबको सभामुख उपसभामुखबाट त्यस्तो काम हुन्न भन्नेमा विश्वास दिलाउन जरुरी रहेको बताए । उनले सभामुख उपसभामुखले सदनमा रेफ्रीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

सांसद श्रेष्ठले इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि सदनलाई आग्रह गरे ।

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : २२ बजे

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका

कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका