१ चैत्र २०८२, आइतबार | March 15, 2026

कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड नगरपालिका



जाजरकोट । नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ ।

सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाई छिटोछरितो बनाउन लागेको हो । नगरपालिकाले चार वटा हात्ते ट्र्याक्टर, छ थ्रेसर पाइडिल मेशिन, सात वटा मकै छोडाउने मेशिन, ३० कृषकलाई बेमौसमी तरकारीबाली उत्पादन लागि आवश्यक पर्ने कृषि सामग्री उपलब्ध गराउन लागिएको छ ।

त्यस्तै २० क्विन्टल गहुँको बीउ, ४५ क्विन्टल आलुको बीउ, ६०० कीट तरकारी बीउ वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । सबै वडामा माटो सुहाउँदो तथा उत्पादन दर हेरेर पकेट क्षेत्र बनाएको नगरले सोहीअनुसार कार्यक्रम सञ्चालन गरेको छ । पकेट क्षेत्रलाई व्यवस्थित गरेर अगाडि बढिरहेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिए ।

त्यस्तै भेरी नगरपालिकाले २० क्विन्टल गहुँको बीउ (खाने गहुँ उत्पादनका लागि), चार क्विन्टल मूल बीउ र चार क्विन्टल प्रमाणित बीउ वितरण गरेको छ । नगरपालिकाले वडा नं ३ को होलु, स्याला र वडा नं ७ को पुन्मा गहुँको पकेट क्षेत्र तथा वडा १ र १० मा गहुँको बीउ उत्पादनका लागि पकेट क्षेत्र बनाएर काम गरिरहेको छ ।

अन्य बीउ २, ११, १२, ८, ४ वडामा वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको छ । मटेला, कास्तारा, इवर, कालेगाउँ, पिपे, रिसाङ र बोहोरामा तरकारीको बीउ वितरण गरिएको छ । काउली बन्दा, टमाटर, गाजर, रायो, मुला र प्याजको बीउ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिए । भेरी नगरपालिकाले बीउ उत्पादनमा जोड दिएकोसमेत उनले बताए ।

विषादी प्रयोग बढी भएको ठाउँमा जैविक मल वितरण गर्न लागिएको छ । जैविक उत्पादनलाई जोड दिने नगरको नीतिअनुसार फलफूल, ओखर सुन्तला र कागती बिरुवा लगाउने अभियानसमेत रहेको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : १३ बजे

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई