१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

भरतपुर महानगरपालिकाले आइसोलेशनमा रहेका संक्रमितको पिसिआर निःशुल्क गर्ने



चितवन । भरतपुर महानगरपालिकाले आइसोलेशनमा रहेकाको पिसिआर परीक्षण निःशुल्क गर्ने भएको छ ।
महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको हो ।

महानगरपालिकाले सो आइसोलेशनमा रहेकाको खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ ।

महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ ।

महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पिसिआर परीक्षण पनि महानगर आफैंले गर्ने निर्णय गरेको जानकारी दिइन ।

सरकारले गरिब, असहाय, कोरोना नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गर्नेबाहेकको पिसिआर परीक्षण गर्न छोडेको छ ।

अन्यले आफ्नै खर्चमा पिसिआर गर्नुपर्ने हुन्छ । “हामीले आइसोलेशनमा बस्नेलाई आर्थिकरुपमा कुनै भार नहुने गरी परीक्षणसमेत निःशुल्क गर्ने भएका छौँ ।”प्रमुख दाहालको भनाई छ ।

महानगरको आइसोलेशन नेपालकै नमूना भएको भन्दै उनले प्राकृतिक चिकित्सा पद्धतिबाट सङ्क्रमितको उपचार भइरहेको जानकारी दिइन ।
स्थानीय तहले पहिलो पटक कोरोना नियन्त्रणका लागि भरतपुर महानगरले कोरोना अस्पतालसमेत स्थापना गरी सरकारी अस्पताललाई हस्तान्तरण गरेको भन्दै उनले कोरोना नियन्त्रणमा महानगरवासीको कुनै गुनासो नहुने गरी काम गरिरहेको दाबी गरिन ।

बागेश्वरी आइसोलेशनमा हालसम्म ३०९ जना भर्ना भएका छन् । जसमध्ये २४२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ६६ जना उपचाररत छन् । त्यहाँका चिकित्सक, कर्मचारी, ठाउँको व्यवस्थापन, औषधी, दैनिक खानाको व्यवस्थालगायतका सबै खर्च महानगरले बेहोरेको प्रमुख दाहालको भनाइ छ ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेशनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार गरिएको छ । जसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको छैन । उनले भने, “भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छौं”, यस विधिलाई जाइनो फेजी भनिन्छ ।”

डा कोइरालाले यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिए । “खाना नखाएपछि शरिरका कोषलाई ऊर्जा पुग्दैन”, उनले भने, “ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।” आइसोलेशनमा रहेकालाई प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिएको उनको भनाइ छ ।

नियमित व्यायमसँगै खानपिनमा ध्यान दिइएको छ । मधुमेह भएकालाई अरुलाई भन्दा फरक खानाको व्यवस्था गरिएको उनले बताए । जसका कारण १० देखि १२ दिनमा सङ्क्रमितलाई निको पार्न सकिएको कोइरालाले जानकारी दिए । आइसोलेशनमा रहेकामध्ये १० प्रतिशत लक्षण भएका छन् भने अन्य लक्षण नभएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ११ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि