६ पुस २०८२, आइतबार | December 21, 2025

बागलुङमा देउसी-भैलो खेल्न नपाइने



बागलुङ । नेपालीहरुको दोस्रो महान् पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसी-भैलो यस वर्ष खेल्न नपाइने भएको छ ।

विश्‍वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसी-भैलो नखेल्न भनेको हो ।

प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ ।

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका १, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ । देउसीभैलो खेल्दा भिड हुने भएकाले जिल्लाभर खेल्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

“सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबाहेक सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ,” प्रजिअ न्यौपानले भने, “समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिड हुन सक्ने भन्दै देउसी-भैलो खेल्न रोक लगाइएको हो ।”

बैंक तथा वित्तीय संस्था एक साता बन्द

यस्तै बागलुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक साता बन्द हुने भएका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघको आग्रहमा बागलुङ बजार क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।

प्रशासनले राष्ट्रिय राजमार्ग भने बागलुङ बजारमा यात्रु झार्न र चढ्न नपाइने गरी सञ्चालन गरिने जनाएको छ । बागलुङ बजारका केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा कोरोना सङ्क्रमण देखिएपछि बाध्य भएर बन्दाबन्दी गर्न लागिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ४२ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको