१ चैत्र २०८२, आइतबार | March 15, 2026

धौलागिरी अस्पताल बागलुङमा उपचारत एक कोरोना संक्रमितको मृत्यु



बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर-३ का ६६ बर्षिया पुरुषको सघन उपचार कक्ष आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले बताए ।

फोक्सो र मुटु सम्बन्धि समस्याले स्वास प्रस्वासमा समस्या देखिएपछि कार्तिक १२ गते अस्पताल आएका मृतकको १४ गतेको स्वास परिक्षणमा कोरोना संक्रमण देखिएको थियो । अस्पताल आउँदा नै कमजोर स्वास्थ्य अवस्था रहेकोले सुरुबाटै सघन उपचार कक्ष आइसियुमा राखि उपचार सुरुगरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलन्द्र बि.क. पोख्रेलले बताए ।

अस्पतालको आइसियुमा भेन्टिलेटरमै राखि उपचार गराईरहेका संक्रमितको कार्तिक १८ मंगलबार बिहान १०ः२० बजे उनको मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

नेपालकै पाँचौं र छैटौं कोरोना संक्रमितको बिरामीको उपचार थालेको धौलागिरी अस्पतालमा संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलका अनुसार ती पुरुषमा मुटु र फोक्सोको समस्या थियो ।

मृतकको शब ब्याबस्थापनका लागिनेपाली सेनालाई आग्रह गरेकाे र सेनाले शवको व्यवस्थापन गर्ने बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

अस्पतालमा अन्य ६ जना संक्रमितको उपचार भैरहेको छ भने जिल्लाका अन्य आईसोलेसनमा १ सय ४ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ५८ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय