२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक, कोरोना संक्रमित सिता महराको आज बिहान निधन



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । गत कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं पु-याएर नर्भिक अस्पतालमा भर्ना गरिएकी महरा पत्नी सिता महराको बुधबार बिहान निधन भएको छ ।

गम्भीर अवस्थामा काठमाडौं पु¥याईएकी महरालाई १५ गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

सिता महराको कृष्णबहादुर महरा सँग २०३५ सालमा विवाह भएको थियो। उनको दुई छोरा र दुई छोरी रहेका छन्।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् । उनीमा नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ समेत देखिएको थियो।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : २४ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात