१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

दोलखाको कालिन्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक



चरिकोट । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण देखाउँदै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरिएको जनाएको छ ।

लकडाउनका कारण लामो समयदेखि बन्द पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक आंशिक रुपमा जान थालेको र कालिन्चोक कुरी बजार क्षेत्रका केही होटल सञ्चालनमा आउन थालेका छन ।

सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रकाशन गरी उक्त क्षेत्रमा नजान निर्देशन गरेको छ ।

कालिन्चोक गाउँपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङ्डाँडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरिएको छ । कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐनअनुसार कार्वाही गरिने जनाइएको छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : ३५ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा