२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने मन्त्री भट्टराईको प्रतिबद्धता



 

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित कार्यक्रमलाई बोल्दै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउँदै कृषि भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे ।

उनले ताप्लेजुङमा अलैँची उत्पादन बढी हुने भएकाले अलैँची प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्ने पनि बताए । कृषि क्षेत्रमा लाग्न युवाहरु लाग्न आग्रह गर्दै मन्त्री भट्टराईले विदेशमा गएर १८ घण्टा काम गर्नुभन्दा आफनै गाँउघरमा आठ घण्टा काम गर्न सुझाव दिए ।

आठराईको इवादेखि ढुंगेसाघुससम्मको सडकको शिलान्यास भइसकेको र यस सडकले मदन भण्डारी राजमार्ग र तमोर करिडोरमा समेत जोडिने भएकाले अब विकासका पूर्वाधारमा जिल्ला पछि नपर्ने पनि उनले बताए ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ५२ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना