४ पुस २०८२, शुक्रबार | December 19, 2025

मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक लगाउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बुधबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो बिक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो ।

विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलइडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिए ।

“६ महिनाभित्र मापदण्ड पुरा नगर्ने बल्ब बिक्रीमा रोक लगाउँछौँ,” उनले भने । विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ ।

एलइडी बल्बमा आँखाकलाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ । विश्वव्यापीरुपमै आँखाको ज्योतिलाई कुनै असर नगर्ने बल्ब उत्पादन भइरहेको विभागले जनाएको छ । रासस

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ०० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज