११ भदौ २०८३, बिहिबार | August 27, 2026

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद



बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले कार्यकर्ताहरुबीच विवाद र धक्कामुक्का भएको छ । इट्टभट्टी टोलमा रहेको नमबुद्ध होटलमा रास्वपा कार्यकर्ता र एमाले कार्यकर्ताबीच विवाद भएको हो ।

रास्वपा उम्मेदवार सुलभ खरेल मौन अवधिमा आचारसंहिता विपरितका कार्य गरेको भन्दै होटलमा एमाले कार्यकर्ताहरु प्रवेश गरेपछि केहीबेर धक्कामुक्का भएको प्रहरीले जनाएको छ । एमाले कार्यकर्ताहरुले उम्मेदवार खरेल सहितका रास्वपा कार्यकर्ताहरुले आर्थिक चलखेल गर्दै गरेको आरोप लगाएका छन् ।

उता रास्वपा उम्मेदवार खरेलले भने आफुहरु होटलमा बसिरहेका बेला अज्ञात समुह आएर आफ्ना सचिवालयका कार्यकर्तामाथि हातपात गरेको बताएका छन् । होटलमा सामान्य झै झगडा भएको र अहिले अवस्था नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए ।

मौन अवधिमा होटलमा समुहगतरुपमा बसेर निर्वाचन आचारसंहिताको उल्लंन गरेको एमाले पक्षको आरोप छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : १३ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा