८ बैशाख २०८१, शनिबार | April 20, 2024

पुस्तक पढ्ने संस्कृति



पछिल्लो समय नेपाली पठन संस्कृतिमा पाठकको संख्या निरन्तर बढेको छ । राजनीतिज्ञदेखि युवा पुस्ताले फुर्सदको समयको सदुपयोगको लागि पनि बजारमा आएका नयाँ किताव पढ्ने बानीको विकास भएको छ । तर पुस्तकमा लगाइएको कर र प्रकाशन गृहले विषयवस्तुलाई ध्यान नदिइ प्रतिस्पर्धाको रुपमा जथाभावि किताब छाप्दा गुणस्तरीय पुस्तक बजारमा पाउन मुस्किल भएको थियो । केही दिनअघि अर्थमन्त्री विष्णु पौडेलले पुस्तकमा लगाइएको करलाई संशोधन गरेका छन् । अब, पाठकले विदेशी पुस्तकलाई समेत सहजरुपमा पढ्न पुनः पाउने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउनका कारण लामो समयसम्म घरमै बस्नुपर्दा धेरै पाठकले पुस्तक पढेका छन् । यद्यपी, सोही समयमा धेरै पुस्तक पसल र प्रकाशन गृहहरु भने बन्द भएका थिए । अहिले दशैं तिहारको विदाको समयमा पनि पढित पाठकहरुले पुस्तकप्रेमलाई कायमै राखेका छन् । अक्सर दशैं तिहार जस्तो लामो बिदा पर्ने समयमा बजारमा पुस्तकको किन्ने र पढ्ने संस्कृति बढी नै हुनेगरेको छ ।

बिदाको समयमा राजनीति, ऐतिहासिक, प्रेम कथा, अर्थतन्त्र, सामाजिक विषयवस्तु समेटिएका किताब किन्नेहरु बढिरहेको पुस्तक विक्रेताहरुको अनुभव छ । युवा पुस्तालाई प्रेम कथा, उपन्यास, राजनीति गर्नेका लागि विश्व राजनीति र मानव विकास, उद्योगी व्यवसायीलाई अर्थतन्त्रका किताब र समाजिक क्षेत्रमा रुची राख्नेले सामाजिक विषयमा आधारित किताब रुची हुनेगर्छ । यता इन्टेरनेट र प्रविधिले गर्दा मन लागेको कुरा तुरुन्त खोजेर पढ्न सकिने भए, किताब पढ्नुको मज्जा छुट्टै हुने बताउंछन्, काठमाडौंको एक पुस्तक पसलमा भेटिएका पाठक । किताबप्रति मोह हुनेले लुगा थुपार्नु भन्दा बुक थुपार्नु असल हो भन्ने सन्देश दिन्छन् ।

अध्ययन संस्कृतिको विकास भएसंगै युवा पुस्तामा रचनात्मक तथा सृजनात्कमतामा ध्यान जान सक्दछ । पठन संस्कृतिको विकासले ज्ञान हासिल गर्ने हतियारको रुपमा लिन सकिन्छ । प्रकाशकहरुले प्रतिस्पर्धाकै कारण हजारौ पुस्तकहरु प्रकाशनमा ल्याएपनि औंलामा गनिने केही पुस्तक बाहेक धेरै पुस्तकको प्रकाशित भएर पनि छायाँमा हराउँछन् । पाठ्य सामाग्रीको अभावमा यस्ता पुस्तक आम पाठककहाँ पुग्न सक्दैनन् । तर कतिपय राम्रो पाठ्य सामाग्री भएपनि व्यवसायीकरण हुन नसक्दा व्यापार बढ्न सकेको हुँदैन । तर प्रचार प्रसारको क्रममा राम्रा सामाग्री पुुस्तकको भन्दा हल्ला गरेर किताव बेच्ने संस्कृतिले पनि पाठकहरु झुक्किने गरेका छन् ।

बिगतमा किताबको व्यापार गर्नेहरुले भने बिक्रि वितरणमा समस्या देखिएको बताउँछन् । बजारमा प्रतिपर्धाका कारणले प्रकाशकहरुले समेत जथाभाबी उत्पादन गरिरहेका छन् । महिनामै सयौं किताब बजारमा आउँदा गुणस्तरहीन किताबले बजारलाई समेत असर गरिरहेको व्यवसायीहरुको गुनासो छ ।

बजारमा लेखकका आफनै पाठक समेत हुन्छन । जसरी बजारमा वर्षेनी नयाँ नयाँ पुस्तक थपिएसंगै नयाँ लेखकहरु समेत आइरहेका छन् । यस्तै पुस्तक बढ्ने संस्कृतिको समेत विकास भइरहेको छ । नेपाली साहित्य भन्दा अग्रेजी साहित्यका पुस्तक पढ्नेको सख्या समेत नेपालमा निरन्तर बढिरहेको छ । विगतमा लेखक कम थिए, अहिले धेरै छन । पुस्तक प्रकाशक गर्नेहरुको समेत बाढि नै छ । तर लेखनको हिसाबले राम्रा लेखकहरु पनि छन् । पाठक समेत बढिरहेका छन । तर पुस्तकको प्रचारमा गरिएको बजारिकरणले राम्रो पुस्तक र लेखक अझै ओझेलमा पर्ने गरेका छन् ।

 

पुस्तक बजार

नेपालमा पुस्तक व्यापारको कारोबार वार्षिक चार अर्बको हाराहारीमा छ । यसको अर्थ हो नेपालमा पुस्तक पढ्ने पाठकहरु छन । नेपाली बजारमा आएका अनुसन्धानमूलक, साहित्यिक पुस्तक पढने पाठकको सख्या पनि बढिरहेका छन । मुलकको साक्षरताको दर बढेसंगै पुस्तक किनेर वा पुस्तकालयमै गएर पनि पढ्ने बानीको विकास भइरहेको छ ।

तर सरकारले विदेशबाट आयात हुने पुस्तकहरुमा १० प्रतिशत भन्सार दर निर्धारण गर्दा गुणस्तरीय तथा राम्रा विदेशी लेखकको पुस्तक पढ्नको लागि मंहगीएको थियो । पुस्तकमा कर लगाएपछि नेपालमा पुस्तक पढ्नेहरु अझ घट्ने हो कि भन्ने चिन्ता समेत बढेको थियो । अर, अहिले अर्थमन्त्री विष्णु पौडेलले पुस्तकमा लगाएको करलाई संशोधन गरेपछि भने अब यो चिन्ता सकिएको छ । यद्यपी, नेपाली प्रकाशकले विदेशमा प्रकाशन गरेर नेपाल भित्र्याउने पुस्तकमा भने कर यथावत छ ।

पछिल्लो समययता सूचना प्रविधिको तीव्र विकासले पुस्तकै किनेर पढ्ने अध्ययनको संस्कृति भने पातलो हुँदै गएको छ । पढे लेखेकाहरुमा समेतले अध्ययन कमि छ । पठन संस्कृतिसँगै बाह्य ज्ञानमा भन्दा पनि औपचारिक शैक्षिक अध्ययनतिर मात्रै बढी ध्यान देखिन्छ । बाहिरी ज्ञानको अध्ययन गर्ने कमि भएसँगै साहित्यका पुस्तकको व्यापारमा कमी हुँदै गएको पुस्तक व्यवसायीहरु बताउँछन् ।

पढ्ने लत बसेका पाठकहरुका लागि समेत चाडपर्वको समय पुस्तक पढ्ने उत्तमको रुपमा लिइन्छ । दशैं–तिहारको समय धेरै पाठकका लागि फुर्सदको समय पनि हो । कलेज–विद्यालयमा कोर्सका कुरा पढ्दा–पढ्दा वाक्क लागेकाहरुले बाहिरी ज्ञान प्राप्त गर्नका कोर्षको बाहेकका पुस्तक निबन्ध, इतिहास, कथा–कविता, जीवनी जस्ता पुस्तकको अध्ययन उपयुक्त हुन्छ ।

चाडको रमाइलोसँगै समेत पढ्ने बानी बसालेमा बाहिरी ज्ञानको साथै फूर्सदको समय सदुयोग हुन सक्दछ । फुर्सदमा बजारमा आएका नयाँ पुस्तक पढ्दा बाहिरी ज्ञान हासिल गर्ने राम्रो अवसर समेत रहेको छ । समयको सदुयोगको साथै पढ्ने बानीले समेत निरन्तरता पाउँछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ३१ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका