४ पुस २०८२, शुक्रबार | December 20, 2025

झापाको अर्जुनधारा गोलधापमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवाको सुरुवात



झापा । सनराइज बैंकले झापाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । साथै बैंकले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ । बिहिबार आयोजित एक कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेक कुमार निरौलाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन्।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टी।एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको