२४ मंसिर २०८२, बुधबार | December 10, 2025

महासंघका पूर्व उपाध्यक्ष ताम्राकारको समर्थन ढकाल समूहलाई



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं प्रभावशाली व्यवसायी कृष्ण ताम्राकारले चन्द्र ढकाल समूहलाई समर्थन गर्ने भएका छन् । चन्द्र ढकाल समूहका उम्मेद्वारहरुलाई भक्तपुर स्थित निवासमै बोलाएर ताम्राकारले समर्थन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वस्तुगत उपाध्यक्ष एवं सोहि पदका उम्मेदुवार उमेशलाल श्रेष्ठको नेतृत्वमा उद्योगी व्यवसायीको टोलि ताम्राकारलाई भेट्न शनिबार उनको निवासमा पुगेको थियो । योग्य मान्छेलाई नै महासंघको नेतृत्व दिनु पर्ने भन्दै उनले चन्द्र ढकाल समूह यसका लागि योग्य भएको बताए ।

‘महासंघको भूमिका अझै सशक्त हुनुपर्छ, यसका लागि सहि नेतृत्व पनि चाहिन्छ’ उनले भने, ‘तपाईहरु यसका लागि योग्य हुनुहुन्छ, महासंघलाई थप उचाई दिने गरी काम गर्नुहोला मेरो समर्थन छ ।’ विधान संशोधन भएर जिल्ला नगर उपाध्यक्ष पद सिर्जना भएपछिका पहिलो जिल्ला नगर उपाध्यक्ष बनेका ताम्राकार सुरज वैद्यसँग अध्यक्षमा चुनाव लड्ने तयारी गरेका थिए ।

पछि सहमतिमा उम्मेद्वारी नदिएका उनी त्यसयता महासंघको कार्यसमितिमा छैनन् । कार्यसमितिमा नभए पनि उनको भूमिका महासंघका प्रभावशाली मानिन्छ ।

देशभरमा जिल्ला नगर र वस्तुगतमा राम्रो उनको प्रभाव रहेको छ भने उनी भक्तपुरका व्यवसायीहरुका सर्वमान्य अग्रज नेता हुन् । ताम्राकारको समर्थन पछि चन्द्र ढकाल समुह थप वलियो बनेको उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।

‘कृष्ण दाइको समर्थनले हामी थप मजदवुद बनेका छौं, हामीले जित्ने निश्चित छ’ उनले भने । ताम्राकारको निवासमा उद्योगी व्यवसायीहरु हेमराज ढकाल, प्रकाशसिंह श्रेष्ठ, कमला श्रेष्ठ, बिनोद ढकाल, सुवास भण्डारी, किरण डंगोल, आकाश अधिकारी, सुर्य मगर, जय सिवाकोटी, हरिबहादुर कार्की, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, रवीनकुमार श्रेष्ठ, सुमित केडिया लगायत पुगेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : ०८ बजे

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव