९ चैत्र २०८२, सोमबार | March 23, 2026

अब प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत



काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ ।

विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिए ।

विभागका अनुसार प्रदेश १ को हुलाक निर्देशनालय विराटनगर, प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषा, बाग्मती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुरबाटै प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।

यसैगरी गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूरपश्चिमको जिल्ला हुलाक कार्यालय कैलालीमार्फत पनि प्रेस पास नवीकरण र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

कोभिडका कारण स्थगित भएको नवीकरणसम्बन्धी व्यवस्था बुधबारदेखि सुचारु गर्ने र प्रदेशमा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयमार्फत थप सुविधा दिने गरी व्यवस्थापन गरिएको विभागका महानिर्देशक शर्माले जानकारी दिए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ४९ बजे

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि