९ चैत्र २०८२, सोमबार | March 23, 2026

विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले बढ्यो



काठमाडौ । देशभित्र कूल विदेशी विनियम सञ्चिति पाँच प्रतिशतले वृद्धि भई कूल रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको छ ।

गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ४।९ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे विवरणअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा रु ११ अर्ब ६५ करोड रहेकोमा गत असोज मसान्तमा ७।८ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ५५ करोड पुगेको छ । विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा गत असोज मसान्तमा ५.१ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८८ अर्ब ५५ करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा गत असोज मसान्तमा ३।४ प्रतिशतले वृद्धि भई रु एक ८१ अर्ब रहेको छ ।

चालू आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५।६ महिनाको वस्तु आयात र १४।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९ प्रतिशत, ११७।३ प्रतिशत र ३२।९ प्रतिशत रहेका छन् ।

यस्तो छ आयात, निर्यातको अवस्था

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल वस्तु निर्यात १४।३ प्रतिशतले वृद्धि भई रु ३१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४।४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्प ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो ९पोलिष्टर तथा अन्य०, चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

चालू आवको तीन महिनामा कूल वस्तु आयात १२।७ प्रतिशतले घटेर रु दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, खाने तेल, कोइलालगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, हवाईजहाज तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालू आवको तीन महिनामा कूल वस्तु व्यापार घाटा १५।१ प्रतिशतले घटी रु दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात १०।६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भ्रमण आयमा ९१।५ प्रतिशतले कमी आई रु एक अर्ब ४७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ३३ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ७४।८ प्रतिशतले घटी रु पाँच अर्ब २९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु चार अर्ब ४० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २१ अर्ब रहेकोमा शिक्षातर्फको व्यय रु १० अर्ब १८ करोड रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५० बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा