९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल उद्योग वाणिज्य महासंघको मतदान जारी



काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मतदान जारी छ ।

महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि उपत्यकाका तीन ठाउँमा बिहान ८ बजेदेखि मतदान भइराखेको छ ।

जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताए ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल मतदाता एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

शनिबार तीन वटै निर्वाचन केन्द्रहरुमा पुग्दा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानसमूहका उम्मेदवारहरुले आफूतिर बढीभन्दा बढी मत तान्ने प्रयास गरिराखेको देखिएको छ ।

निर्वाचन केन्द्रमा भेटिएका वरिष्ठ उपाध्यक्षका दुवै उम्मेद्वारहरुले आफ्नो जित सुनिस्चित भएको दाबी गरेका छन् । यस्तै निर्वाचन सम्पन्न भएपछि कुनैपनि पक्ष विपक्ष नभई महासंघ एउटै हुने पनि उनीहरु बताउँछन् ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदमा चुनाव भइरहेको छ ।

महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १ : ०५ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा