९ चैत्र २०८२, सोमबार | March 23, 2026

पुस्तक छपाईमा भन्सार छुट दिएर सरकारले विदेशी उद्योगलाई प्रश्रय दियोे : रुपन्देही उद्योग संघ



बुटवल । सरकारले समृद्दीको नारा तय गरेपनि उद्योग मैत्री नीति बनाउन नसकेको रुपन्देहीका उद्येगीहरुले आरोप लगाएका छन् । रुपन्देही उद्योग संघको ४३ औ स्थापना दिवस तथा बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले सरकारले उद्योग नीति बनाउन नसक्दा उद्योगीहरु समस्यामा परेको बताए ।

उनीहरुले विना दर्ता गैरकानुनीरुपमा संचालनमा रहेका उद्योगहरुलाई राज्यले नियमन गर्न नसकेको, बुटवल भैरहवा क्षेत्रमा संचालित उद्योगहरुमाथि ट्रंक लाईन बिद्युतका नाममा शोषण गरिएको, क्रसर उद्योग संचालनका बिषयमा स्पष्ट निर्णय नआउंदा क्रसर उद्योग धारासायी बनेको, समाजिक सुरक्षा कोष र एक्जिम कोडको झमेलाले उद्योगहरुले समस्या भोग्नु परेको जस्ता समस्या राखेका थिए । उनीहरुले हालै अर्थमन्त्रालयले पुस्तक छपाईमा दिएको भन्सार छुटको पनि बिरोध जनाएका थिए ।

यस अघिको सरकारले मुलुक बाहिर प्रकाशन गरेको पुस्तकहरुमा भन्सार लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयको बौद्धिक सम्पत्तीमाथि कर लगाएको भन्दै आलोचना समेत भएको थियो ।

बार्षिक उत्सव तथा साधारणसभाको संघिय सरकारका अर्थमन्त्री बिष्णु पौडेलले भर्चुअल उदघाटन गरेका थिए । भर्चुअल प्रबिधिबाटै कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले रुपन्देहीलाई औद्योगिक केन्द्रकोरुपमा बिकास गर्न चाहेको जानकारी दिए । पौडेलले औद्योगिक र पर्यटन उद्योगको सम्भावनालाई उपयोग गर्न उद्योगीहरुलाई आग्रह गर्दै सरकार औद्योगिक समस्यामा उद्योगीहरुको साथमा रहेको स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले समृद्द नेपाल सुखी नेपालीको नारालाई ब्यवहारमा लागु गर्न सरकारसंग आग्रह गरे । उनले संघको तर्फबाट पटक पटक सरकार समक्ष राखेका मागहरुको सम्बोधन नभएको गुनासो गर्दै देशलाई समृद्ध बनाउन उद्योग ब्यवसाय सवल बन्न आवश्यक रहेको बताए

बार्षिक उत्सवका अवसरमा संघले यस अघिका पूर्व अध्यक्षहरुलाई सम्मान गर्नुका साथै औद्योगिक पत्रकारीता पुरस्कार समेत बितरण गरेको थियो । संघले यस वर्षको औद्योगिक पत्रकारीता पुरस्कार पत्रकार कृष्ण खनाललाई दिएको छ ।

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : १८ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा