२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर



काठमाडौ । कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, “कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ ।” उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए ।

उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गर्नुभयो । यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप असर पर्ने भएकाले केन्द्रीय बैंकले आवश्यक व्यवस्था गरेको गभर्नर अधिकारीले जानकारी दिए ।

ब्याजदरका सन्दर्भमा कार्यदिशा तय गरिएको एवं मौद्रिक विस्तार गर्दै आन्तरिक राष्ट्रिय उत्पादनलाई बढावा दिने तथा रोजगारी सिर्जना गर्ने एवं उद्यमशीलता बढाउनसमेत आफूहरु क्रियाशील रहेको गर्भनर अधिकारीको भनाई थियो ।

सरकारले चालू आवमा राखेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पु¥याउने गरी नै पहिलो त्रैमासिक समीक्षा गरिएको गभर्नर अधिकारीको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थालाई सबल बनाउने एवं थप सतर्क रहँदै जोखिम आउन नदिने हिसाबले राष्ट्रबैंक अगाडि बढेको बताए ।

मौद्रिक नीतिमार्फत तय भएका कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मूल्य र बाह्य क्षेत्रको स्थायित्वमा थप दबाब सिर्जना हुन नदिने गरी आवश्यक तयारी गरेको उनको भनाई छ ।

बैंक तथा वित्त संस्थामा रहेको स्रोतको उपलब्धतालाई सहजीकरण गर्न मौद्रिक नीतिले तय गरेका कार्यभारलाई निरन्तरता दिँदै आर्थिक वृद्धिमा सहयोग पु¥याउने नै पहिलो त्रैमासिकको समीक्षा रहेको उउनले बताए ।
वित्तीय सहजीकरणका लागि राष्ट्र बैंकले हालसम्म नियामकीय उपाय अपनाएको तथा वित्तीय स्थायित्वमा जोखिम आउन नदिन थप सजग रहँदै केन्द्रीय बैंकको सुपरीवेक्षण र नियामकीय भूमिकालाई थप सशक्त बनाइने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ०३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको