१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मानव अधिकारको संरक्षणका लागि हिंसा विरुद्ध बोल्ने संस्कृतिको विकास गरौं



बुटवल । मानव अधिकारको संरक्षणका लागि अधिकार हनन र  हिंसा विरुद्ध बोल्ने संस्कृतिको विकास गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।

हिंसा सहेर बस्ने परिपाटीले पीडकको मनोबल बढ्ने र हिंसाका घटना बढ्दै जाने भएकाले हिंसा विरुद्ध मौनताको संस्कृती तोड्न उनीहरुले आग्रह गरे । व्यवस्था फेरिएपनि मानव अधिकारको अवस्था परिवर्तन नभएकाले यसविरुद्ध सबै अधिकारकर्मीहरुले वकालत र पैरवी गर्नुपर्ने सहभागीहरुले बताए ।

युके एडको आर्थिक सहयोगमा भिएसओ, इन्टरनेशनल अलर्ट र मधेश मानव अधिकार गृह कपिलवस्तुद्धारा संचालित सहज परियोजनाले आज बुटवलमा आयोजना गरेको मानवअधिकारको अवस्था विषयक अन्तरक्रियात्मक बैठकमा सहभागीले यस्तो बताएका हुन् ।

अझैपनि लैंगिकतामा आधारित घटना र मानवअधिकार हननका घटनाको प्रहरीमा जाहेरी नलिने, प्रहरीबाट अदालतमा गएका घटनामा पनि अभियोजन र अनुसन्धानमा समस्या हुने गरेको सहभागीले गुनासो गरे ।

माहुरी होमका अध्यक्ष रविनाथ ठाकुरले सर्वसाधरणलाई मानवअधिकारको अनुभूति दिलाउन सेवाप्रदायक निकायलाई नागरिकमैत्री र जवाफदेयी बनाउनुपर्ने बताए । नेतृत्व तहमा रहेका व्यक्तिलाई जवाफदेयी बनाउन निरन्तर खबरदारी गर्न सके मानवअधिकार संरक्षणमा सहयोग पुग्ने उनले बताए ।

मानवअधिकार आयोगका दिपक ठाकुरले सर्वसाधरणलाई न्याय दिलाउन कानुनी चेतना र अधिकारका बारेमा सिकाउनुपर्ने बताए । गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले लैंगिकताको सवाल महिलाको मात्र नभइ हाम्रो हो भन्ने साझा बुझाइ भएमात्र पीडितलाई सहज न्याय दिलाउन  सकिने बताइन् ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले कोभिड-१९ को संक्रमणका बेला सरकारी पक्ष जिम्मेबारीबाट पन्छीदा अझ बढी हिंसा र मानवअधिकार हननका घटना भएको बताए ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले कोभिडको समयमा सबैभन्दा बढी यौन हिंसा र घरेलु हिंसाका उजुरी आएको बताउदै कुनै पनि मानवअधिकार हनन र लैंगिक हिंसा विरुद्धका घटनालाई प्रहरीले बेवास्था नगरेको बताए । कुनै घटना विषेषमा कमजोरी भएको भए खेलेर सुझाब दिन उनले आग्रह गरे ।

कार्यक्रममा माहुरी होमको सहज परियोजना संयोजक विना चौधरीले कोभीड संक्रमणका समयमा भएका लैंगिक हिंसा तथा मानवअधिकार हननका घटनाबारे प्रस्तुती गरिेकी थिइन् ।

कार्यक्रममा मानवअधिकार एलाएन्सका  केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, थर्ड एलाएन्सका अग्नीशक्ति यादव, अपांगता समाजकी सावित्रा घिमिरे, दलीत महिला संघकी सावि विक, माहुरी होमका वसन्त बन्जाडे, रामविकास चौधरी लगायतले मानव अधिकार संरक्षणका लागि अब गर्नुपर्ने कार्यबारे बताएका थिए।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ३९ बजे

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ

आजको : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ