२२ माघ २०८२, बिहिबार | February 6, 2026

ग्लोबल आइएमई बैंकले सुरु गर्यो कर्पोरेट पे प्रणालीको सुरुवात



काठमाडौ । ग्लोबल आइएमई बैंकले संस्थागत ग्राहक लक्षित कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ ।

बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको हो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरि पे प्रणालीको सुरुवात गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् ।

त्यस्तै, उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ । साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिङ्क गरि कारोबार गर्न सकिने सुविधा रहेको छ ।

बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ । यस कर्पोरेट पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्नेछ ।

यस प्रणालीको प्रयोग र बिस्तार पश्चात भौतिकरुपमा बैंकमा नपुगी अनलाइनमार्फत विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई यसबाट सहजरुपमा सेवा प्रदान गर्न सकिने बैंकको विश्वास रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : ४२ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद